कैलाली निर्माण व्यवसायी संघमा चुनावी सरगर्मी, दीर्घराज जोशी प्यानल सार्वजनिक
धनगढी – निर्माण व्यवसायी संघ कैलालीको निर्वाचन नजिकिँदै जाँदा व्यवसायीहरूबीच चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसैक्रममा दीर्घराज जोशी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
अध्यक्ष पदका उम्मेदवार दीर्घराज जोशीसहित उनको टिमले विभिन्न पदका उम्मेदवारहरूको टुंगो लगाउँदै चुनावी मैदानमा उत्रिएको हो। सार्वजनिक प्यानलअनुसार वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा बिक्रम बिष्ट र द्वितीय उपाध्यक्षमा डम्बर चन्द उम्मेदवार रहेका छन्।
त्यस्तै, महासचिवमा अमर बहादुर खड्का, नीतिगत उपमहासचिवमा योगेन्द्र चन्द तथा आन्तरिक उपमहासचिवमा सिद्धराज भट्ट चयन भएका छन्। कोषाध्यक्षमा सुरेन्द्रराज भट्ट र सह–कोषाध्यक्षमा मणिराज भट्ट उम्मेदवार बनेका छन्।
सदस्य पदका लागि चक्रबहादुर मल्ल, बिनोद बिष्ट, टेकबहादुर खड्का, टेकराज जोशी, शिवराज सापकोटा र रुद्रप्रसाद पन्त उम्मेदवार रहेका छन्। महिला सदस्यमा शुभलक्ष्मी हमाल र आदिवासी/दलित सदस्यमा मदन बिसी उम्मेदवार छन्।

पालिका प्रतिनिधित्वतर्फ धनगढीबाट दिपेन्द्र साउद, गोदावरीबाट गोकर्ण बिष्ट, टिकापुरबाट दिपेन्द्र साउद, गौरिगंगाबाट गणेश कलेल, घोडाघोडीबाट सुरेशबहादुर बोगटी, लम्किचुहाबाट विष्णु शाही, भजनीबाट युवराज चौधरी, कैलारीबाट दिलिप रोकाया, जानकीबाट प्रबिण राणा, जोशीपुरबाट खगेन्द्र मौनी, बर्दगोरियाबाट नविन कुँवर, मोहन्यालबाट कमल बटाला र चुरेबाट दिलबहादुर भाट उम्मेदवार बनेका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा निर्माण व्यवसायीहरूबीच भेटघाट, छलफल र प्रचारप्रसारका गतिविधि बढ्दै गएको देखिएको छ। यससँगै आगामी निर्वाचन थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो