You are currently viewing एन्फामाथिको निलम्बन र प्रशासनिक तथा आर्थिक प्रतिबन्ध राखेपद्वारा फुकुवा

एन्फामाथिको निलम्बन र प्रशासनिक तथा आर्थिक प्रतिबन्ध राखेपद्वारा फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका प्रतिबन्ध हटाइएको हो।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै निर्णयबारे जानकारी गराएका छन्। एन्फाले ५ अप्रिल २०२६ मा पठाएको अनुरोध तथा यसअघि राखेपले जारी गरेका विभिन्न पत्रलाई आधार मानेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको पत्रमा उल्लेराष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको राखेपले जनाएको छ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको राखेपले जनाएको छ।

यस निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराइएको छ।

यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री समित पोखरेलले एएफसीको बैठकका अवसरमा थाइल्यान्डमा फिफा र एएफसीका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यस अघि गत माघमा राखेपले एन्फा माथि प्रतिबन्ध लगाए पछि तेस्रो पक्षको हस्तक्षेप (थर्ड पार्टी इन्टरफेरेन्स) भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले समेत एन्फा लाई निलम्बन गरेको थियो।

राखेपको पछिल्लो निर्णयले नेपाली फुटबलमा देखिएको विवाद समाधानका लागि सकारात्मक वातावरण बन्ने अपेक्षा गरिएको छ।

राखेपद्वारा एन्फामाथिको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा।
S