You are currently viewing अटो र मोटरसाइकल दुर्घटना: दुई घाइते, एकको अवस्था गम्भीर

अटो र मोटरसाइकल दुर्घटना: दुई घाइते, एकको अवस्था गम्भीर

अटो र मोटरसाइकल दुर्घटना: दुई घाइते, एकको अवस्था गम्भीर

बैशाख २२, कैलाली — कैलालीको गौरीगंगा नगरपालिका वडा नं १ गोप्का मा मंगलबार साँझ करिब ८ बजे काे समयमा अटो र मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दुर्घटना टी एण्ड टी होटल नजिक भएको चौमाला ईलाका प्रहरी कार्यालय ले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ह ५३८२ नम्बरको अटोका चालक ३६ वर्षीय राम बहादुर बिकलाई भने कुनै चोट नलागेको बताइएको छ। विपरीत दिशाबाट आइरहेको से ४ प ९८९४ नम्बरको मोटरसाइकल चालक १९ वर्षीय आयुष रसाइली सामान्य घाइते भएका छन्। उनको दायाँ खुट्टाको घुँडा र तलको भागमा चोट लागेको छ।

मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अमन चौधरी गम्भीर घाइते भएका छन्। उनको दायाँ जाँघमा गहिरो चोट लागेको साथै काँध र पेटमा पनि चोट लागेको छ। यद्यपि, उनी होसमै रहेको जानकारी प्राप्त भएको छ।

प्रहरीका अनुसार अटो र मोटरसाइकल ठोक्किएको नभई मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनामा संलग्न अटो चालक गौरीगंगा नगरपालिका–२ आम्बागियाका हुन् भने मोटरसाइकलमा सवार दुवै जना गौरीगंगा–४ राजीपुरका रहेका छन्।

घाइतेहरूलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चौमालका प्रमुख नवराज पाण्डेले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner