कलम बम मेमोरियल स्कुलमा श्रीकृष्ण जन्माष्टमी र गौराको अवसरमा भव्य कार्यक्रम
घोडाघोडी,कैलाली । कलम बम मेमोरियल स्कुल, पहलमानपुर कैलालीले श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको पावन अवसरमा विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन, आदर्श र शिक्षासँग सम्बन्धित विभिन्न सांस्कृतिक प्रस्तुति, भजन तथा नृत्य प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियोकार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी दिँदै विद्यालयले विद्यार्थीहरूमा नेपाली मौलिक संस्कृति, संस्कार, ालकनैतिक मूल्य र धार्मिक सहिष्णुताको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलम बम मेमोरियल स्कुलका सञ्चालक तथा प्रिन्सिपल युवराज बम ले बताउनु भएको छ।

कार्यक्रममा विद्यार्थीहरूले श्रीकृष्णको बालरूप तथा गौरा पर्वमा नाचिने विशेष नाच धार्मिक झाँकीसमेत प्रस्तुत गरेका थिए। आकर्षक पोसाकमा सजिएका विद्यार्थीहरूको प्रस्तुतिले उपस्थित अभिभावक तथा अतिथिहरूको ध्यान खिचेको थियो।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै आफ्नो धर्म, संस्कृति र परम्पराप्रति सकारात्मक भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।कार्यक्रम उत्साह, उल्लास र धार्मिक वातावरणबीच सम्पन्न भएको विद्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो