You are currently viewing इजरायली राजदूतको उपस्थितिमा गौरीगंगामा एकीकृत कृषि फार्मको उद्घाटन

इजरायली राजदूतको उपस्थितिमा गौरीगंगामा एकीकृत कृषि फार्मको उद्घाटन

इजरायली राजदूत बासद्वारा श्लोमो नेजर एकीकृत कृषि फार्मको उद्घाटन

कैलाली — कैलालीको गौरीगंगा नगरपालिकामा स्थापना गरिएको श्लोमो नेजर फिसरी, लाइभस्टक एण्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्मको औपचारिक उद्घाटन नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले गरेका छन्।

विशेष कार्यक्रमबीच सम्पन्न उद्घाटन समारोहमा गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवी कडेलउपप्रमुख भोजबहादुर बम वडा नंका वडा अध्यक्ष डबल दियकोटी को समेत उपस्थिति रहेको थियो।

फार्मले एकीकृत कृषि प्रणालीमार्फत माछापालन, बाख्रापालन, कुखुरापालन तथा अन्य कृषि गतिविधि सञ्चालन गर्ने उद्देश्य राखेको छ। कृषि, पशुपालन तथा मत्स्यपालनलाई एकीकृत गर्दै उत्पादन र रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यसहित फार्म सञ्चालनमा ल्याइएको सञ्चालक किरण मल्लले जानकारी दिएका छन्।

फार्म सञ्चालक किरण मल्लले इजरायली राजदूत शमुलिक एरी बास तथा उहाँको परिवारको उपस्थितिले आफूहरूलाई थप उत्साह र प्रेरणा मिलेको बताएका छन्। कृषि क्षेत्रमा आधुनिक तथा दिगो प्रविधिको प्रयोग गर्दै स्थानीयस्तरमै उत्पादन बढाउने र कृषि तथा पशुपालन क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्य रहेको जनाइएको छ।

फार्मको उद्घाटनसँगै दिगो कृषि, पशुपालन र मत्स्यपालनको विकासतर्फ नयाँ यात्राको सुरुवात भएको सञ्चालकले बताएका छन्।कार्यक्रममा सहभागी सबै अतिथि, शुभेच्छुक तथा सहयोगीप्रति फार्म सञ्चालक परिवारले आभार व्यक्त गरेको छ।

नेपाल–इजरायल सहकार्यको अनुभवलाई कृषि क्षेत्रमा उपयोग गर्दै स्थानीय उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने प्रयासका रूपमा समेत यस फार्मको सुरुवातलाई हेरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner