You are currently viewing खुल्ला हाजिरीजवाफ प्रतियोगितामा एरिस्टो मावि प्रथम,दृतिय स्थान पनि एरिस्टोलाई नै

खुल्ला हाजिरीजवाफ प्रतियोगितामा एरिस्टो मावि प्रथम,दृतिय स्थान पनि एरिस्टोलाई नै

कैलाली जनपुस्तकालयको ६८ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको खुल्ला हाजिरीजवाफ प्रतियोगितामा एरिस्टो इङ्लिस बोर्डिङ स्कुलको समूह प्रथम भएको छ । पहिलो हसनेमा समूह ए का आदर्श लम्साल र जेनिथ रौले रहेका छन । द्वितीय स्थान पनि एरिस्टो इङ्लिस बोर्डिङ स्कुलकै विद्यार्थीले प्राप्त गरेको छ ।


समूह सी मा रहेका उपेन्द्र बि.क. र समीप दाहालले दोश्रो स्थान हाँसिल गरेका हुन । अक्षता बम र जानकि बमको समूह एमले तेश्रो स्थान हाँसिल गरेको छ ।

१३ ओटा समूह समावेश भएको खुल्ला हाजिरीजवाफ प्रतियोगितामा विजयी हुने प्रतियोगिलाइ पुस्तकालयको वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिनेछ । प्रथम हुनेलाइ रु ५०००, द्वितीय हुनेलाइ रु ३००० र तृतीय हुनेलाइ रु २००० नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।

हाजिरीजवाफ प्रतियोगिताको संयोजक प्रेम विवश चन्द रहेका थिए भने सदस्यमा तेज कापडी र नवराज जोशी रहेका थिए ।


उद्घघाटन सत्रको अध्यक्षता पुस्तकालयका अध्यक्ष शिवराज ओझाले गरेका थिए भने संचालन साहित्यिक समितीका सङ्योजक डिल्लीराज ओझा समर्पणले गरेका थिए । उपाध्यक्ष टंक प्रसाद जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, कैलालीमा कार्यरत तेज पुरुष र कैलाली जिल्ला अदालतमा कार्यरत गिरिराज भण्डारीले हाजिरीजवाफ प्रतियोगितामा भाग लिने प्रतियोगिहरुलाइ उत्प्रेरणात्मक हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा मेलकट्टेश्वर मा। वि। का प्रधानाध्यापक विनोद बहादुर सिंह ,जनपुस्ककालयका कोषाध्यक्ष राजेन्द्र रैका,साहित्यकार धर्मराज जोशी, अधिवक्ता शेर सिंह बिस्ट, कैलाली बहुमुखी क्याम्पसका स्व। वि। यु। सचिव ओम प्रकाश अवस्थी लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner