You are currently viewing खुटिया पुलमा हाइसले स्कारपियो लाई ठक्कर दिँदा तीन जना घाइते

खुटिया पुलमा हाइसले स्कारपियो लाई ठक्कर दिँदा तीन जना घाइते

खुटिया पुलमा हाइसले स्कारपियोलाई ठक्कर दिँदा तीन जना घाइते

धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया पुलमा ईभी हाइसले स्कारपियोलाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

बिहीबार राति करिब ७ः२० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ५५५९ नम्बरको स्कारपियोलाई सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०१–००१ ज १७०४ नम्बरको ईभी हाइसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कारपियोमा सवार गौरीगंगा नगरपालिका–१, चौमालाकी २२ वर्षीया दमयन्ती रानाको पेटमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, स्कारपियो चालक गौरीगंगा नगरपालिका–१, चौमालाका २८ वर्षीय विकास चौधरीका छोरीहरू ९ वर्षीया युनिसा चौधरी र ६ वर्षीया आयना चौधरी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएकोमा दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ। हाइस चालक गौरीगंगा नगरपालिका–५ का २८ वर्षीय मनोहर सिंह र स्कारपियो चालक विकास चौधरीसहित दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी बिट स्याउलेबाट प्रहरी सहायक निरीक्षक कालीप्रसाद जोशीको कमान्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। दुर्घटनास्थल प्रहरी बिट स्याउलेबाट करिब एक किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

श्रोत: प्रेस पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner