You are currently viewing एन्फा माथिको निलम्बन फुकुवा, तीन महिना पछि पुनः सञ्चालनमा

एन्फा माथिको निलम्बन फुकुवा, तीन महिना पछि पुनः सञ्चालनमा

एन्फा माथिको निलम्बन फुकुवा, तीन महिना पछि पुनः सञ्चालनमा

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन शुक्रबार फुकुवा गरेको छ। परिषद्ले गत चैत ११ गते एन्फा लाई तीन महिनाका लागि निलम्बन गरेको थियो।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता, एन्फाका महासचिव किरण राई तथा प्रवक्ता सुरेश शाह बीच बसेको बैठकले निलम्बनको निर्णय फिर्ता लिने सहमति गरेको हो।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार परिषद्ले लगाएको निलम्बन बिनासर्त फिर्ता गरिएको हो। परिषद्ले एन्फाको चैत १३ गते प्रस्तावित निर्वाचन प्रक्रिया लाई लिएर निलम्बनको निर्णय गरेको थियो।

बैठकमा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी तथा शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकार समेत उपस्थित रहेका थिए।

निलम्बन फुकुवासँगै अब नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ का गतिविधि पुनः नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner