चौमाला बजारमा व्यापारी आफैंले भत्काउन थाले घर तथा सटर
गौरीगंगा, कैलाली — कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १ र वडा नं. २ जोड्ने चौमाला बजार क्षेत्रमा सडक विस्तार तथा अव्यवस्थित संरचना हटाउने तयारीसँगै केही व्यापारीहरूले आफ्ना घर तथा सटरहरू आफैं भत्काउन सुरु गरेका छन्।
बजार क्षेत्रलाई व्यवस्थित बनाउने तथा सम्भावित डोजर कारबाहीअघि क्षति कम गर्ने उद्देश्यले व्यापारीहरूले स्वेच्छिक रूपमा संरचना हटाउन थालेका हुन्। स्थानीय व्यवसायीहरूका अनुसार सडक विस्तारका क्रममा संरचना हटाउनुपर्ने भएपछि आफूहरूले अग्रसरता देखाउँदै घर भत्काउने काम थालेका हुन्।
यद्यपि, केही व्यापारीहरूले उचित मुआब्जा, वैकल्पिक व्यवस्थापन तथा व्यवसाय सञ्चालनको वातावरण सुनिश्चित गर्न माग गरेका छन्।
यसअघि गौरीगंगा नगरपालिका ले बजार क्षेत्रमा रहेका अवैध तथा सडक क्षेत्रमा परेका संरचना हटाउन वैशाख १५ गते सूचना जारी गरेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो