रोनाल्डोको हस्ताक्षरयुक्त टी–सर्ट बिक्रीबाट बाढीपीडितलाई सहयोग गरिने

काठमाडौं । विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको हस्ताक्षर रहेको विशेष टी–सर्ट बिक्री गरेर नेपालका बाढीपहिरो प्रभावित परिवारलाई सहयोग गर्ने अभियान घोषणा गरिएको छ।

गौरीगंगा नगरपालिका–८ का राज कलेलसँग हाल पोर्चुगलमा सुरक्षित रहेको रोनाल्डोको हस्ताक्षरयुक्त उक्त टी–सर्ट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने योजना अघि सारिएको हो।
अभियानमार्फत रोनाल्डोका समर्थक तथा फुटबलप्रेमीलाई टी–सर्ट खरिद गर्दै सामाजिक सेवामा जोडिन आग्रह गरिएको छ। टी–सर्ट खरिद गर्नेले रोनाल्डोको हस्ताक्षरसहितको विशेष स्मरणीय सामग्री प्राप्त गर्नुका साथै विपत्तिमा परेका नेपाली परिवारलाई सहयोग पुग्ने बताइएको छ।

अभियानका आयोजकका अनुसार टी–सर्टको मूल्य तथा खरिदसम्बन्धी थप जानकारीका लागि WhatsApp मार्फत सम्पर्क गर्न सकिनेछ।WhatsApp: +351 920 224 086
टी–सर्ट बिक्रीबाट संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेपछि त्यसको प्रमाणसमेत सार्वजनिक गरिने जनाइएको छ।

अभियानले खेलप्रतिको रुचिलाई मानवीय सेवासँग जोड्दै विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्य राखेको छ।
“खेलप्रतिको प्रेमलाई विपत्तिमा परेका परिवारको सहयोगमा बदलौँ।”



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो