You are currently viewing नजीवन सहकारी निर्वाचनमा नेबिसंघ कैलाली जिल्लाका पूर्व सभापति भेष बमको सदस्य पदमा उम्मेदवारी, मतको अपिल

नजीवन सहकारी निर्वाचनमा नेबिसंघ कैलाली जिल्लाका पूर्व सभापति भेष बमको सदस्य पदमा उम्मेदवारी, मतको अपिल

नजीवन सहकारीको निर्वाचनमा भेष बमको उम्मेदवारी, शेयर सदस्यहरूसँग अत्यधिक मतका लागि अपिल

धनगढी — नजीवन सहकारी संस्था लिमिटेड को ३२औँ चुनावी वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि जेठ ९ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ। यसैबीच युवा समाजसेवी तथा विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रूपमा आबद्ध रहेका भेष बमले सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक सभापति समेत रहेका भेष बम लामो समयदेखि सामाजिक, शैक्षिक तथा युवासँग सम्बन्धित विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका छन्। युवाको हकहित, सामाजिक उत्तरदायित्व तथा संस्थागत विकासका विषयमा निरन्तर काम गर्दै आएका उनले सहकारी क्षेत्रलाई अझ पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित बनाउन आफू निर्वाचनमा होमिएको बताएका छन्।

उम्मेदवार बमले व्यवस्थापन संकायअन्तर्गत अकाउन्ट विषयमा स्नातक तह अध्ययन पूरा गरेका छन्। वित्तीय तथा व्यवस्थापकीय ज्ञान भएका कारण सहकारीको पारदर्शी सञ्चालन, आर्थिक अनुशासन र सदस्य हितका विषयमा प्रभावकारी भूमिका आफुले निर्वाह गर्न सक्ने  बताएका छन्।

भेष बम केशवराज मिश्र नेतृत्वको प्यानलबाट क्रम संख्या १८ मा चुनावी प्रतिस्पर्धामा रहेका छन्। उनले आफ्नो टिम अनुभवी, जिम्मेवार र सहकारीको दीर्घकालीन विकासका लागि प्रतिबद्ध रहेको दाबी गरेका छन्।

उनका अनुसार सहकारी संस्थालाई आर्थिक रूपमा मजबुत बनाउनुका साथै शेयर सदस्यहरूको विश्वासलाई अझ बलियो बनाउने, बचतकर्ताको हित सुरक्षित गर्ने तथा आधुनिक प्रविधिमैत्री सेवा विस्तार गर्ने योजना आफ्नो प्राथमिकतामा रहेको छ। सहकारीलाई केवल वित्तीय कारोबार गर्ने संस्था मात्र नभई सदस्यहरूको आर्थिक तथा सामाजिक उत्थानको आधार बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा आएको उनले बताएका छन्।

युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका बमले संस्थामा नयाँ सोच, ऊर्जा र पारदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सहकारीको समग्र सुधारका लागि आफ्नो टिमलाई विजयी गराउन आग्रह गरेका छन्।

निर्वाचनलाई लक्षित गर्दै उनले सम्पूर्ण शेयर सदस्यहरूलाई आफू तथा आफ्नो प्यानललाई अत्यधिक मतले विजयी गराई सहकारीको उज्ज्वल भविष्य निर्माणमा साथ दिन हार्दिक अपिल गरेका छन्। साथै, सहकारीलाई थप विश्वसनीय, सदस्यमैत्री तथा प्रगतिशील संस्थाका रूपमा अगाडि बढाउन आफ्नो प्रतिबद्धता रहेको उनले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner