You are currently viewing कैलाली जिल्ला फुटबल संघको अन्तिम चेतावनी : क्लब नवीकरण नगरे गतिविधिबाट बाहिरिने

कैलाली जिल्ला फुटबल संघको अन्तिम चेतावनी : क्लब नवीकरण नगरे गतिविधिबाट बाहिरिने

कैलाली जिल्ला फुटबल संघको अन्तिम चेतावनी : क्लब नवीकरण नगरे गतिविधिबाट बाहिरिने !

धनगढी । कैलाली जिल्ला फुटबल संघ ले आफू अन्तर्गत आबद्ध तथा सूचीकृत क्लबहरूलाई आवद्धता नवीकरण गर्न अन्तिम पटकको चेतावनीसहित सूचना जारी गरेको छ।

संघले पटक–पटक सूचना जारी गर्दा पनि केही क्लब तथा संस्थाले नियम अनुसार अद्यावधिक नगरेको भन्दै तत्काल नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो।

संघका महासचिव ललित मिश्र द्वारा जारी सूचनामा आर्थिक वर्ष २०८१/०८२ का लागि सम्बन्धित सरकारी निकायमा क्लब/संस्था नवीकरण गरी FIFA Connecting प्रणालीमार्फत अनिवार्य रूपमा अद्यावधिक हुनुपर्ने उल्लेख गरिएको छ।

संघले तोकिएको समयभित्र नवीकरण तथा अद्यावधिक नगर्ने क्लबलाई संघका कुनै पनि गतिविधिमा सहभागी नगराइने चेतावनी दिएको छ। साथै त्यस्ता क्लबमाथि आवश्यक वैधानिक प्रक्रिया अघि बढाउन कार्यसमितिलाई सिफारिस गरिने पनि जनाएको छ।

यस अघि नै अद्यावधिक गरिसकेका क्लब तथा संस्थामा भने यो सूचना लागू नहुने जनाइएको छ। संघले जेठ ५ गतेभित्र अनिवार्य रूपमा प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner