समानुपातिक सूचीमा नाम समेटिएपछि यज्ञनिधि कोइरालाको आभार
“लोकतन्त्र, स्थिरता र सुरक्षित भविष्यका लागि रुख चिन्हमा मतदान गरौँ”
कैलाली ।
नेपाली कांग्रेसको खस–आर्य समानुपातिक सूचीमा आफ्नो नाम समावेश भएपछि कांग्रेसका सक्रिय तथा अनुभवी नेता यज्ञनिधि कोइरालाले पार्टी नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण कांग्रेस समर्थकलाई एकताबद्ध भएर निर्वाचनमा होमिन अपिल गरेका छन्।
गौरिगंगा नगरपालिका–१, मंगलपुरमा २०४१ सालदेखि स्थायी बसोबास गर्दै आएका कोइराला राजनीति शास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका नेता हुन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका उनले संगठन निर्माण र पार्टी सुदृढीकरणमा लामो समयदेखि निरन्तर योगदान दिँदै आएका छन्।
उनको राजनीतिक यात्रामा २०४४ सालमा नेविसंघ, २०४९ सालमा कैलाली बहुमुखी क्याम्पस स्ववियु सचिव, नेपाली कांग्रेस कैलाली पार्टी कार्यालय सचिव, नेपाल तरुण दल जिल्ला सचिव, तरुण दल केन्द्रीय पार्षद जस्ता महत्वपूर्ण जिम्मेवारीहरू समावेश छन्। हाल उनी नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सह–महामन्त्री तथा नेपाल स्काउटका केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्।
पार्टीप्रतिको निरन्तर समर्पण, निष्ठा र योगदानको कदर गर्दै समानुपातिक सूचीमा समावेश गरिएकोप्रति कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिएका छन्। उनले आगामी निर्वाचनमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई विजयी गराउन रुख चिन्हमा मतदान गर्न आग्रह गरे।
किन रुख चिन्ह ?
कोइरालाका अनुसार नेपाली कांग्रेस बलियो हुनु भनेको देशलाई अराजकता, अस्थिरता र भयको राजनीतिबाट जोगाउनु हो। शान्ति, अमन–चयन, नागरिक सुरक्षा, जिम्मेवार राजनीति र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि कांग्रेस नै सबैभन्दा भरोसायोग्य विकल्प भएको उनले बताए।
झुठ, उखान–टुक्का र हेपाहा प्रवृत्तिको अन्त्य गर्दै उद्योग–व्यवसाय, रोजगारी र राष्ट्रिय अस्मितामाथि हुने आक्रमण रोक्न पनि कांग्रेसको जित अनिवार्य रहेको उनको भनाइ छ।
उनले कैलाली निर्वाचन क्षेत्र नं. ४ का प्रत्यक्ष उम्मेदवार गोरखबहादुर बिष्ट (आनन्द) तथा समानुपातिक उम्मेदवार यज्ञनिधि कोइरालालाई नीति निर्माण तहमा पुर्याउन सबै कांग्रेस समर्थक एकजुट हुन आह्वान गरे।
अन्त्यमा उनले भने,
“लोकतन्त्र जोगाउन, युवाको भविष्य सुरक्षित गर्न र देशलाई स्थिरताको बाटोमा अघि बढाउन रुख चिन्हमा भोट हालौँ। जय नेपाल।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो