You are currently viewing गौरीगंगामा कांग्रेस नगर कार्यसमिति सर्वसम्मत चयन

गौरीगंगामा कांग्रेस नगर कार्यसमिति सर्वसम्मत चयन

गौरीगंगामा कांग्रेस नगर कार्यसमिति सर्वसम्मत चयन

गौरीगंगा,कैलाली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिको आयोजनामा नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन भएको हो।

 

कार्यक्रममा अतिथिहरूले आसन ग्रहण गरेपछि नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो। त्यसपछि एक मिनेट मौनधारण गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस गौरीगंगा नगर उपसभापति हृदय थापाले स्वागत मन्तव्य राखेका थिए। उनले उपस्थित अतिथि, नेता–कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूलाई स्वागत गर्दै नगर अधिवेशन सफल बनाउन सबैको सहयोग र सहभागिताका लागि धन्यवाद व्यक्त गरेका थिए।

नगर अधिवेशन दिनेश कलेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिका सचिव हेमन्त राज जोशी ‘बाजे’ ले गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता आनन्द बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति वसन्त रोकाया, जिल्ला कार्यसमितिका सदस्यहरू, नेता–कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अधिवेशनबाट हृदय थापा सभापतिमा चयन भएका छन्। त्यस्तै होमराज सापकोटा उपसभापति र चक्र रावल सचिवमा सर्वसम्मत चयन भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत चयन भएका छन्।

अधिवेशनबाट गौरीगंगा नगरपालिकाबाट जिल्ला सदस्य भूगोल तर्फको सदस्यमा पुरुषतर्फ दिलीप बोहरा र महिलातर्फ सुमित्रा शाही ‘मल्ल’ निर्विरोध चयन भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिष्ट र विशिष्ट अतिथि रोकायाले पार्टीलाई थप बलियो र संगठित बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पार्टीलाई विभाजन तथा आन्तरिक विवादबाट जोगाउँदै संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका थिए।

अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नगर कार्यसमिति चयन भएसँगै गौरीगंगामा नेपाली कांग्रेसको संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner