You are currently viewing रसुवा बाढीपीडित लाई निर्माण व्यवसायी संघ कैलालीको २ लाख ११ हजार सहयोग

रसुवा बाढीपीडित लाई निर्माण व्यवसायी संघ कैलालीको २ लाख ११ हजार सहयोग

रसुवा बाढीपीडितका लागि निर्माण व्यवसायी संघ कैलालीको २ लाख ११ हजार सहयोग

कैलाली । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले निर्माण व्यवसायी संघ कैलालीले आर्थिक सहयोग गरेको छ।

संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको हो।विपद्का कारण प्रभावित बनेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको अध्यक्ष दीर्घराज जोशीले जानकारी दिए।

अध्यक्ष जोशीका अनुसार प्राकृतिक विपद् जुनसुकै स्थानमा भए पनि त्यसबाट सिर्जित पीडा सम्पूर्ण नेपालीको साझा सरोकार बन्ने भएकाले राहत तथा उद्धार अभियानमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सहयोग गरिएको हो।

रसुवामा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।

निर्माण व्यवसायी संघ कैलालीको सहयोगले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितका पक्षमा उभिनुपर्ने सन्देश दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner