You are currently viewing केशव राज मिश्रको प्यानल सार्वजनिक, १६ बुँदे प्रतिबद्धता सहित मैदानमा

केशव राज मिश्रको प्यानल सार्वजनिक, १६ बुँदे प्रतिबद्धता सहित मैदानमा

नवजीवन सहकारीमा ‘नयाँ युग’ को घोषणा !

केशव राज मिश्रको प्यानल सार्वजनिक, १६ बुँदे प्रतिबद्धतासहित मैदानमा

कैलाली । नवजीवन सहकारी संस्था लिमिटेड को आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार केशव राज मिश्र नेतृत्वको समूहले बृहत् प्यानल घोषणा गरेको छ । पत्रकार सम्मेलनमार्फत समूहले १६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै सहकारीलाई देशकै नमूना संस्थाको रूपमा विकास गर्ने संकल्प व्यक्त गरेको हो ।

अध्यक्ष पदका उम्मेदवार मिश्रले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौती लाई रोक्न सक्षम, योग्य र स्वच्छ छविको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले नवजीवन लाई पारदर्शी, उत्पादनमुखी र सदस्यमैत्री सहकारीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समूहले नवजीवन लाई देशकै उत्कृष्ट सहकारी मध्ये एक बनाउने लक्ष्यसहित सदस्यहरू लाई आफ्नो टिमलाई मतदान गर्न अपिल गरेको छ । २३औँ वार्षिक साधारण सभा तथा निर्वाचन लाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिबद्धतामा सदस्यको हित, पारदर्शिता र सेवा सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

प्रतिबद्धताका मुख्य बुँदाहरू :

• सदस्यहरूमा शिक्षा र सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन

• खराब कर्जाको फर्स्योटका लागि विशेष समिति गठन

• सम्पत्ति खरिद प्रक्रियामा पूर्ण पारदर्शिता

• ‘एक घर, एक सदस्य’ नीति कडाइका साथ लागू

• सक्रिय र नियमित सदस्यलाई प्राथमिकता

• कर्मचारी भर्ना तथा तहवृद्धि पारदर्शी बनाउने

• सेवाग्राहीलाई छिटो, नम्र र व्यावसायिक सेवा

• सदस्यलाई उत्पादनसँग जोडेर नमूना नवजीवन निर्माण

• प्रत्येक कार्यालयमा हेल्प डेस्क स्थापना

• उपचार खर्च र स्वास्थ्य बीमा सुविधा विस्तार

• कृषि सामग्री सहज र सुलभ रूपमा उपलब्ध गराउने

समूहले सहकारीलाई केवल बचत तथा ऋण कारोबार गर्ने संस्थामात्र नभई सदस्यको जीवनस्तर उकास्ने, उत्पादनसँग जोड्ने र सामाजिक रूपान्तरणको आधार बनाउने स्पष्ट भिजन प्रस्तुत गरेको छ । निर्वाचन नजिकिँदै गर्दा मिश्र नेतृत्वको प्यानलले सहकारी क्षेत्रमा नयाँ बहस र आशा जगाएको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner