गोदावरी–१२ मा कांग्रेसको घरदैलो अभियान तीव्र: चाप सल्ली सिमदेखि नायल तालसम्म मतदातासँग प्रत्यक्ष संवाद
गोदावरी नगरपालिका वडा नं. १२ अन्तर्गत चाप सल्ली सिम हुँदै नायल तालसम्म आज क्षेत्र नम्बर ४ का नेपाली कांग्रेस का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोरख बहादुर बिष्ट “आनन्द” ले व्यापक घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गर्नुभएको छ।
समाजसेवाबाट राजनीति यात्रा सुरु गर्नुभएका बिष्टले लामो समयदेखि जनतासँग नजिक रहेर काम गर्दै आउनुभएको बताइन्छ। स्थानीयवासीका अनुसार गाउँ–टोलका मुख्य समस्या, आवश्यकताहरू र जनचाहनालाई उहाँले नजिकबाट बुझ्नुभएको छ। यही अनुभव र सामाजिक पृष्ठभूमिका आधारमा उहाँले अहिले राजनीतिक नेतृत्वमार्फत ठोस परिवर्तन गर्ने अठोट व्यक्त गर्नुभएको छ।
घरदैलो अभियानका क्रममा उहाँले विकासलाई दिगो र समावेशी बनाउने, पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्ने, युवालाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने र कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने योजना प्रस्तुत गर्नुभयो।
स्थानीयवासीहरूले सडक सुधार, खानेपानी व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, साथै नायल ताल क्षेत्रको संरक्षण तथा प्रवर्द्धनजस्ता विषयमा ध्यानाकर्षण गराएका थिए। उम्मेदवार बिष्टले ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो।
टोलबासीहरूसँगको प्रत्यक्ष संवाद र आत्मीय भेटघाटले वडा नं. १२ मा चुनावी माहोल थप सक्रिय बनेको छ। विकास, स्थायित्व र जिम्मेवार प्रतिनिधित्वका लागि मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो