You are currently viewing गौरीगंगामा यू–१४ फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन हुने

गौरीगंगामा यू–१४ फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन हुने

गौरीगंगामा यू–१४ फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन हुने

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–८ को कार्यालयको आर्थिक सहयोग तथा गौरीगंगा ११ स्पोर्टस् क्लब को सहकार्यमा यू–१४ वर्षमुनिका बालबालिकाका लागि फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ।

“समृद्धिको आधार, फुटबलको पूर्वाधार” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको यस कार्यक्रम आगामी २०८२ साल चैत १५ गते शनिबारदेखि सुरु हुनेछ। प्रशिक्षण प्रत्येक दिन दिउँसो ३ बजेदेखि क्लबको खेलमैदानमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

स्थानीय तहमा रहेका बालबालिकामा खेलप्रति रुचि विकास गर्नुका साथै उनीहरूमा लुकेको प्रतिभा पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो। प्रशिक्षित खेलाडीमार्फत भविष्यमा जिल्लास्तर, प्रदेशस्तर तथा राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको क्लबले जनाएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै प्रशिक्षण स्थलमा उपस्थित गराउन हार्दिक अनुरोध गरिएको छ। साथै, अनुशासन, नियमितता र खेलकुद संस्कृतिको विकासमा अभिभावकको साथ र सहयोग आवश्यक रहने आयोजकले उल्लेख गरेको छ।

यस पहलले गौरीगंगा क्षेत्रमा फुटबलको विकासमा टेवा पुर्‍याउने मात्र नभई बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। ⚽

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner