You are currently viewing एन्फामा विकेन्द्रीकरणको माग चर्किँदै : अनील मल्लद्वारा देशभरका फुटबल सरोकारवालालाई एकजुट हुन आह्वान

एन्फामा विकेन्द्रीकरणको माग चर्किँदै : अनील मल्लद्वारा देशभरका फुटबल सरोकारवालालाई एकजुट हुन आह्वान

एन्फामा विकेन्द्रीकरणको माग चर्किँदै : अनील मल्ल द्वारा देशभरका फुटबल सरोकारवालालाई एकजुट हुन आह्वान

काठमाडौं। नेपाली फुटबलको संरचना र व्यवस्थापन सुधारका लागि विकेन्द्रीकरणको माग फेरि चर्किएको छ। कैलाली जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (ANFA) का केन्द्रीय सदस्य अनील मल्ल ले नीतिगत कमजोरीका कारण केही सीमित व्यक्तिहरूले एन्फा सञ्चालनमा मनपरी गर्दै आएको आरोप लगाउँदै अब त्यसविरुद्ध देशभरका फुटबल सरोकारवालाहरू एकजुट हुनुपर्ने बताएका छन्।

उनका अनुसार नेपाली फुटबलमा वास्तविक परिवर्तन ल्याउन केवल केन्द्रीय स्तरको प्रयास पर्याप्त नहुने भएकाले मोफसलका क्लब, जिल्ला संघ तथा खेलसँग प्रत्यक्ष जोडिएका सबै पक्षहरू सक्रिय रूपमा अघि आउनुपर्ने आवश्यकता रहेको छ। “यदि हामीले आफ्नो मेहनत, पसिना र सपनालाई साकार पार्ने हो भने खोटाङदेखि दार्चुला र मनाङदेखि कपिलवस्तुसम्मका सबै सरोकारवालाहरू परिवर्तनको आन्दोलनमा उत्रिनै पर्छ,” उनले भने।

मल्लले विशेषगरी एन्फाको वर्तमान संरचना केन्द्रीकृत भएकाले निर्णय प्रक्रियामा पारदर्शिता र समान सहभागिता अभाव रहेको औंल्याए। उनले एन्फाको विधान संशोधन गरी विकेन्द्रीकृत प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सबैले आवाज उठाउनुपर्ने बताए।

उनले एन्फा व्यवस्थापनका विभिन्न संरचना वर्षौंदेखि सीमित व्यक्तिहरूको प्रभावमा बन्दक जस्तै बनेको आरोप लगाउँदै अब त्यसलाई तोड्नुपर्ने समय आएको उल्लेख गरे। “परिवर्तनको यो घडीमा दायाँ–बायाँ नहेरी सबै साथीहरू तयार रहनु आवश्यक छ,” उनले आह्वान गरे।

उनको यस अभिव्यक्तिलाई नेपाली फुटबलमा दीर्घकालीन सुधारको बहसलाई थप तीव्र बनाउने संकेतका रूपमा हेरिएको छ।

#khabardhara #anfacongress #followerseveryone #ANFA

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner