You are currently viewing गौरीगङ्गा–१ मा विद्युतीय चुलो वितरण तयारी, २८ गतेभित्र रु ८६५ बुझाउन वडा कार्यालयको अनुरोध

गौरीगङ्गा–१ मा विद्युतीय चुलो वितरण तयारी, २८ गतेभित्र रु ८६५ बुझाउन वडा कार्यालयको अनुरोध

गौरीगङ्गा–१ मा विद्युतीय चुलो वितरण तयारी, २८ गतेभित्र रु ८६५ बुझाउन वडा कार्यालयको अनुरोध

गौरीगङ्गा, कैलाली ।

गौरीगङ्गा नगरपालिका वडा नम्बर १ को कार्यालयले विद्युतीय चुलो वितरण कार्यक्रम अन्तर्गत लाभग्राहीहरूलाई आफूले तिर्नुपर्ने रकम रु ८६५ आगामी २८ गतेभित्र वडा कार्यालयमा उपस्थित भई बुझाउन हार्दिक अनुरोध गरेको छ।

वडा कार्यालयका अनुसार विद्युतीय चुलो वितरणलाई समयमै प्रभावकारी रूपमा सम्पन्न गर्न तथा व्यवस्थापन सहज बनाउन तोकिएको मितिभित्र रकम बुझाउन आवश्यक रहेको जनाइएको छ। निर्धारित समयभित्र रकम बुझाउने लाभग्राहीहरूलाई प्राथमिकताका आधारमा विद्युतीय चुलो वितरण गरिने वडा कार्यालयले जानकारी दिएको छ।

वडा कार्यालयले सम्बन्धित सबै लाभग्राहीहरूलाई समयमै वडा कार्यालयमा आएर रकम बुझाई कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गरेकाेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner