धादिङमा बस दुर्घटना : १७ जनाको ज्यान गयो, २४ घाइते
११ फागुन २०८२, सोमबार
धादिङ — धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
सोमबार बिहान करिब १:३० बजे बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो।
सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार घटनास्थलमै १७ जनाको शव फेला परेको छ। दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
उद्धार कार्यका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दा परिचालित भएका छन्। दुर्घटनामा परेकाहरूको सनाखत कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
