You are currently viewing सुदूरपश्चिमेली युवाद्वारा कीर्तिपुरमा सरसफाइ अभियान, स्वच्छ समाज निर्माणमा ऐक्यबद्ध

सुदूरपश्चिमेली युवाद्वारा कीर्तिपुरमा सरसफाइ अभियान, स्वच्छ समाज निर्माणमा ऐक्यबद्ध

सुदूरपश्चिमेली युवाद्वारा कीर्तिपुरमा सरसफाइ अभियान, स्वच्छ समाज निर्माणमा ऐक्यबद्ध

काठमाडौं । सुदूरपश्चिमका युवाहरूको समूहले काठमाडौंको कीर्तिपुर क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ। वातावरण संरक्षण, फोहोर व्यवस्थापन र समुदायमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

अभियानमा सहभागी युवाहरूले सार्वजनिक सडक, गल्ली तथा आसपासका क्षेत्रमा रहेको फोहोर संकलन गरी उचित व्यवस्थापन गरेका थिए। उनीहरूले स्थानीयवासीलाई जथाभावी फोहोर नफाल्न, वातावरण स्वच्छ राख्न र सामुदायिक सरसफाइमा सबैको सहभागिता आवश्यक रहेको सन्देशसमेत दिएका छन्।

अभियानमा आबद्ध भएका युवा चेतन जोशीका अनुसार सुदूरपश्चिमबाट काठमाडौंमा अध्ययन, रोजगारी तथा विभिन्न पेशामा आबद्ध युवाहरू एकजुट भएर सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ अभियान सञ्चालन गरिएको हो। आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।

अभियानमा दर्जनौं युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सरसफाइ अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको र युवाहरू सामाजिक परिवर्तनका संवाहक बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।

सरसफाइ अभियानले “हामी बदलिन्छौं, समाज बदलिन्छ” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै स्वच्छ, स्वस्थ र हरित वातावरण निर्माणमा सबै नागरिकलाई हातेमालो गर्न आह्वान गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner