पराजयपछि पनि मतदाताबीच बिष्ट : घरदैलोमै पुगेर धन्यवाद
कैलाली — प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ अहिले पनि मतदाताबीच सक्रिय देखिएका छन्। निर्वाचन सम्पन्न भएपछि उनले क्षेत्रका विभिन्न गाउँ–टोलमा पुगेर मतदाता, शुभेच्छुक र समर्थकहरूसँग भेटघाट गर्दै धन्यवाद तथा आभार व्यक्त गरिरहेका छन्।
बिष्टले मतदाताका घरदैलोमै पुगेर चुनावका क्रममा दिएको साथ, सहयोग र समर्थनप्रति कृतज्ञता प्रकट गरिरहेका छन्। उनले निर्वाचनमा प्राप्त अमूल्य मत, विश्वास र साथप्रति आफू हृदयदेखि नै आभारी रहेको बताउँदै सकेसम्म सबै गाउँ–टोलमा पुगेर प्रत्यक्ष रूपमा धन्यवाद दिने प्रयास गरिरहेको जानकारी दिए।
उनका अनुसार मतदाताले देखाएको आत्मीयता, माया र विश्वासले आफूलाई जनताको सेवामा अझ समर्पित भएर काम गर्ने प्रेरणा दिएको छ। परिणाम जे आए पनि क्षेत्र नम्बर ४ को विकास, समृद्धि र जनताको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

यस क्रममा गाउँमा पुगेका बिष्टलाई स्थानीय मतदाताले पनि उत्साहपूर्वक स्वागत गरेका छन्। मतदाताहरूले निर्वाचनमा पराजय भए पनि क्षेत्रका जनताको सुख–दुःखमा सधैं साथ दिन आग्रह गरेका छन्।
#khabardhara # highlights #GorakhBista #Kailali4 #NepaliCongress #Election2026
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो