You are currently viewing गौरीगंगा–९ स्थित शंकर प्राथमिक विद्यालयमा तोडफोड र चोरी, नगदसहित जिन्सी सामग्री गायब

गौरीगंगा–९ स्थित शंकर प्राथमिक विद्यालयमा तोडफोड र चोरी, नगदसहित जिन्सी सामग्री गायब

गौरीगंगा–९ स्थित शंकर प्राथमिक विद्यालयमा तोडफोड र चोरी, नगदसहित जिन्सी सामग्री गायब

कैलाली। २०८२ साल फाल्गुन १० गते राति गौरिगंगा नगरपालिका–९ स्थित शंकर प्राथमिक बिद्यालय

को कार्यालय भवनमा अज्ञात व्यक्तिहरूद्वारा तोडफोड तथा चोरी गरिएको छ।

विद्यालयको कार्यालय कक्षको ढोका फुटाएर भित्र प्रवेश गरेका समूहले टेबुलका सम्पूर्ण घर्रा तथा तीनवटा दराजका पल्लाहरू पूर्णरूपमा क्षति पुर्‍याएको जनाइएको छ। उक्त घटनामा नगद रु ३,१५० तथा कार्यालयका केही महत्वपूर्ण जिन्सी सामग्रीसमेत चोरी भएको विद्यालय स्रोतले जनाएको छ।

घटनापछि विद्यालय प्रशासनले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै संलग्न व्यक्तिहरू चाँडै नै पहिचान हुने विश्वास व्यक्त गरेको छ। सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्य निन्दनीय भएको उल्लेख गर्दै दोषीलाई सामाजिक तथा कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ।

स्थानीयवासीहरूले विद्यालयजस्तो शैक्षिक संस्थामाथि भएको यस्तो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner