You are currently viewing कैलाली–४ मा गोरख बहादुर विष्ट ‘आनन्द’को अपिल : “आलोचना होइन, एजेन्डा र विकासको स्पष्ट खाका लिएर आएको छु”

कैलाली–४ मा गोरख बहादुर विष्ट ‘आनन्द’को अपिल : “आलोचना होइन, एजेन्डा र विकासको स्पष्ट खाका लिएर आएको छु”

कैलाली–४ मा गोरख बहादुर विष्ट ‘आनन्द’को अपिल : “आलोचना होइन, एजेन्डा र विकासको स्पष्ट खाका लिएर आएको छु”

कैलाली, नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोरख बहादुर विष्ट ‘आनन्द’ले निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहेको सन्दर्भमा कैलाली क्षेत्र नं. ४ का मतदातासमक्ष विकासमुखी अपिल गरेका छन्।

उनले आरोप–प्रत्यारोप र निराधार आलोचनाको राजनीतिभन्दा स्पष्ट दृष्टिकोण, ठोस योजना र परिणाममुखी नेतृत्व रोज्न आग्रह गरे। “म प्रतिस्पर्धीको आलोचना गर्ने पक्षमा छैन, मसँग विचार छ, एजेन्डा छ र काम गर्ने स्पष्ट योजना छ,” उनले भने।

विष्टले आलोचना कमजोरीको संकेत र एजेन्डा आत्मविश्वासको पहिचान भएको उल्लेख गर्दै क्षणिक नाराभन्दा दीर्घकालीन विकासको आधार आवश्यक रहेको धारणा राखे। उनले आफ्नो उम्मेदवारी क्षेत्रको समग्र समृद्धिका लागि केन्द्रित रहेको बताए।

उनका अनुसार कैलाली–४ लाई अहिले आवश्यक छ:

रोजगारी सिर्जना

कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार

पूर्वाधार विकासको तीव्रता

पारदर्शी र जिम्मेवार नेतृत्व

लोकतन्त्रको पर्व फागुन २१ गते रुख चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन उनले मतदातासँग हार्दिक अपिल गरेका छन्। “तपाईंको एक मतले समृद्ध कैलाली निर्माणको यात्रा तय गर्नेछ,” विष्टले उल्लेख गरेका छन्।

उनले सकारात्मक सोच र विकासको अभियानलाई सशक्त बनाउन सम्पूर्ण मतदातालाई आग्रह गर्दै आफ्नो अभियानलाई जनआकांक्षासँग जोडिएको दाबी गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner