You are currently viewing युवा दुर्व्यसनी पुनर्स्थापनाका लागि निःशुल्क बारिष्टा तालिम सुरु

युवा दुर्व्यसनी पुनर्स्थापनाका लागि निःशुल्क बारिष्टा तालिम सुरु

युवा दुर्व्यसनी पुनर्स्थापनाका लागि निःशुल्क वरिष्टा तालिम सुरु

गौरिगंगा, कैलाली | युवा दुर्व्यसनमा परेका व्यक्तिहरूको पुनर्स्थापना तथा सीप विकासलाई लक्षित गर्दै १५ दिने निःशुल्क वरिष्टा (कफी बनाउने) तालिम आज २०८२ साल चैत्र २७ गते गौरिगंगा नगरपालिका–८ स्थित जीवनशैली सुधार गृहमा औपचारिक रूपमा उद्घाटन गरिएको छ।

गौरिगंगा नगरपालिकाको कार्यालय, चौमाला कैलालीको आयोजनामा सुरु भएको उक्त तालिममा ३५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहने जनाइएको छ। तालिमलाई नमस्ते नेपाल प्राविधिक शिक्षालय प्रा.ली. र जीवन सुधार गृहले प्राविधिक सहयोग गरेका छन् भने व्यवस्थापन गौरिगंगा नगर युवा परिषद्ले गरेको हो।

कार्यक्रमको सभापतित्व नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष आशिष देवकोटाले गरेका थिए। प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउँदको उपस्थिति रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहरा लगायत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी तथा समाजसेवी बुद्धिजीवी युवावर्गको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले दुर्व्यसनबाट प्रभावित युवाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउँदै समाजमा पुनर्स्थापना गर्न यस्ता कार्यक्रमहरू अत्यन्त प्रभावकारी हुने बताएका छन्। साथै, तालिमले सहभागीहरूलाई रोजगारी तथा स्वरोजगारतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner