You are currently viewing गौरीगंगा कराते डोजोको उत्कृष्ट प्रदर्शन : राष्ट्रिय टिम छनोटमा खेलाडीहरूको शानदार सफलता

गौरीगंगा कराते डोजोको उत्कृष्ट प्रदर्शन : राष्ट्रिय टिम छनोटमा खेलाडीहरूको शानदार सफलता

कैलाली । काठमाडौँको दशरथ रंगशालामा सम्पन्न दोस्रो दक्षिण एसियाली खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा भारतको पुणेमा आयोजना हुन गइरहेको ८औँ विश्व गोजुरियो कराते च्याम्पियनसिपका लागि भएको राष्ट्रिय टिम छनोट प्रतियोगितामा गौरीगंगा कराते डोजोका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

गौरीगंगा कराते डोजोका प्रशिक्षक अशोक चन्दको प्रशिक्षणमा सहभागी खेलाडीहरूले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै पदकसहित राष्ट्रिय टिमका लागि छनोट हुन सफल भएका हुन्।

सीमित स्रोत–साधन र अनेकौँ अभावका बीच पनि प्रशिक्षक अशोक चन्दको निरन्तर मेहनत, समर्पण र प्रशिक्षणले गौरीगंगा क्षेत्रका कराते खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतियोगितामा राधिका धामीले कुमितेमा स्वर्ण तथा कातामा कांस्य , आशिका बीकेले स्वर्ण , बिकेक शाहीले स्वर्ण , जनक सार्कीले स्वर्ण , मनिषा मास्की मगरले कुमितेमा रजत तथा कातामा कांस्य र परश बादैलाले कांस्य पदक हात पारेका छन्।

उत्कृष्ट प्रदर्शन गर्दै छनोट भएका खेलाडीहरूले अब भारतको पुणेमा हुने ८औँ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।

गौरीगंगा कराते डोजोले खेलाडीहरूको सफलताका लागि प्रशिक्षक अशोक चन्द तथा सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी विश्व प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नु भएको छ।

अभावका बीच निरन्तर मेहनत र समर्पण गर्दै खेलाडीहरूलाई अघि बढाइरहेका प्रशिक्षक तथा खेलाडीहरूको यो सफलता गौरीगंगा क्षेत्रकै लागि गौरवको विषय बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner