You are currently viewing गौरीगङ्गाको लिक्मा गाउँमा चितुवा पस्यो, धपाउने क्रममा दुई स्थानीय घाइते

गौरीगङ्गाको लिक्मा गाउँमा चितुवा पस्यो, धपाउने क्रममा दुई स्थानीय घाइते

गौरीगङ्गाको लिक्मा गाउँमा चितुवा पस्यो, धपाउने क्रममा दुई स्थानीय घाइते

कैलाली, साउन ९ । गौरीगङ्गा नगरपालिका–८, लिक्मा गाउँमा चितुवा पसेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। गएराति चितुवाले स्थानीय रामनाथ चौधरीको गोठबाट एउटा बाख्रा लगेर खाएको जनाएको छ।

पछिलो समय ठाउँ ठाउँमा बाघ देखा परिरहेका छन् घटनापछि आज दिउँसो गाउँ नजिकैको झाडीमा लुकेर बसेको चितुवालाई गाउँबाट हटाउन सब–डिभिजन वन कार्यालय मसुरिया, कालीरक्षा गण बढैपुरका नेपाली सेना, डिभिजन वन कार्यालयका सशस्त्र वन रक्षक, इलाका प्रहरी कार्यालय मसुरिया र स्थानीयवासीको संयुक्त टोली परिचालन गरिएको थियो।

चितुवालाई धपाउने क्रममा स्थानीय किसिमबहादुर चौधरी र राम चौधरीमाथि चितुवाले आक्रमण गर्दा उनीहरू सामान्य घाइते भएका छन्। घाइते दुवै जनाको बढैपुरस्थित सौगात मेडिकलमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।

सम्बन्धित निकायले चितुवा अझै आसपासको क्षेत्रमा हुन सक्ने सम्भावना रहेकाले स्थानीयलाई सतर्क रहन, रातिको समयमा अनावश्यक बाहिर ननिस्कन तथा चितुवा देखिएमा तत्काल वन कार्यालय वा प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।– खबरधारा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner