You are currently viewing गौरीगंगा मेयर कप २०८३ : महिला तर्फ वडा नं. २ र पुरुषतर्फ वडा नं. ७ फाइनलमा

गौरीगंगा मेयर कप २०८३ : महिला तर्फ वडा नं. २ र पुरुषतर्फ वडा नं. ७ फाइनलमा

गौरीगंगा मेयर कप २०८३ : महिला तर्फ वडा नं. २ र पुरुषतर्फ वडा नं. ७ फाइनलमा

गौरीगंगा, कैलाली, जेठ २० । पाँचौं गौरीगंगा मेयर कप–२०८३ अन्तर्गत बुधबार सम्पन्न सेमिफाइनल खेलमा महिला तर्फ वडा नम्बर २ र पुरुषतर्फ वडा नम्बर ७ विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।

महिला तर्फ गौरीगंगा नगरपालिका वडा नम्बर २ र वडा नम्बर ८ बीच भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर २ ले १–० गोलको जित निकाल्दै उपाधि नजिक पुगेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी वडा नं. २ की जर्सी नम्बर ११ सुप्रिया रावल प्लेयर अफ द म्याच घोषित भइन्। उनलाई गौरीगंगा नगरपालिका शिक्षा शाखाका जनकराज अधिकारी ले पुरस्कार प्रदान गरेका थिए।

 

त्यसैगरी पुरुषतर्फ वडा नम्बर २ र वडा नम्बर ७ बीच भएको रोमाञ्चक सेमिफाइनल खेलमा वडा नम्बर ७ ले १–० गोलको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलका उत्कृष्ट खेलाडी वडा नं. ७ का जर्सी नम्बर ११ सागर पनाडी घोषित भए। उनलाई कैलाली जिल्ला फुटबल संघका सदस्य चन्द्र बम ले म्यान अफ द म्याच पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिता अन्तर्गत बिहीबार महिला तर्फको दोस्रो सेमिफाइनलमा वडा नम्बर ९ र वडा नम्बर ११ बीच दिउँसो ३:४५ बजे प्रतिस्पर्धा हुनेछ। यस्तै पुरुषतर्फ वडा नम्बर १ र वडा नम्बर ५ बीच दोस्रो सेमिफाइनल खेल बेलुका ५ :१५ हुने आयोजकले जनाएको छ।

गौरीगंगा नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीय खेलकुदको विकास, युवामा अनुशासन र खेलप्रतिको आकर्षण अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner