You are currently viewing गौरीगंगा मेयर कप २०८३ : महिला तर्फ वडा नं. ९ र वडा नं. ५ फाइनलमा, उपाधिका लागि रोमाञ्चक भिडन्त तय

गौरीगंगा मेयर कप २०८३ : महिला तर्फ वडा नं. ९ र वडा नं. ५ फाइनलमा, उपाधिका लागि रोमाञ्चक भिडन्त तय

गौरीगंगा मेयर कप २०८३ : वडा नं. ९ र वडा नं. ५ फाइनलमा, उपाधिका लागि रोमाञ्चक भिडन्त तय

गौरीगंगा, कैलाली, जेठ २१। पाँचौं गौरीगंगा मेयर कप–२०८३ अन्तर्गत सम्पन्न सेमिफाइनल खेलहरूबाट महिला तर्फ वडा नम्बर ९ र पुरुषतर्फ वडा नम्बर ५ विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।

महिला तर्फ वडा नम्बर ९ र वडा नम्बर ११ बीच भएको सेमिफाइनल खेलमा वडा नम्बर ९ ले एकतर्फी प्रदर्शन गर्दै ७–० गोलको शानदार जित हासिल गर्यो। जितसँगै वडा नम्बर ९ ले उपाधि नजिक आफ्नो स्थान सुरक्षित गरेको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी वडा नं. ९ की जर्सी नम्बर ११ जानकी भण्डारी प्लेयर अफ द म्याच घोषित भइन्। उनलाई गौरीगंगा नगरपालिका वडा नं. ५ का वडा सदस्य दिपक बडैला ले पुरस्कार प्रदान गरेका थिए।

त्यसैगरी पुरुषतर्फ वडा नम्बर १ र वडा नम्बर ५ बीच भएको अत्यन्त प्रतिस्पर्धात्मक सेमिफाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नम्बर ५ ले फाइनल यात्रा तय गर्यो।

खेलका उत्कृष्ट खेलाडी वडा नं. ५ का गोलरक्षक, जर्सी नम्बर १ जगदीश बिष्ट घोषित भए। उनले पेनाल्टी शुटआउटमा महत्वपूर्ण बचाउ गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनलाई गौरीगंगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रोहित प्रसाद भाट ले म्यान अफ द म्याच पुरस्कार प्रदान गरेका थिए।

अब प्रतियोगिताको उपाधिका लागि शुक्रबार हुने फाइनल खेलमा महिला तर्फ वडा नम्बर ९ र वडा नम्बर २ आमनेसामने हुनेछन् भने पुरुषतर्फ वडा नम्बर ५ र वडा नम्बर ७ बीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ।

गौरीगंगा नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान, खेलकुद संस्कृतिको विकास तथा युवाहरूमा अनुशासन, नेतृत्व र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको आयोजकको विश्वास छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner