You are currently viewing गौरीगंगा नगरपालिकाले खेलाडीको योगदान नबुझ्दा कराते प्रशिक्षक अशोक चन्द असन्तुष्ट

गौरीगंगा नगरपालिकाले खेलाडीको योगदान नबुझ्दा कराते प्रशिक्षक अशोक चन्द असन्तुष्ट

गौरीगंगा नगरपालिकाले खेलाडीको योगदान नबुझ्दा कराते प्रशिक्षक अशोक चन्द असन्तुष्ट

गौरीगंगा — नेपाल गोजुरियो कराँते गौरिगंगा डोजोका प्रमुख प्रशिक्षक अशोक चन्दले स्थानीय तहले खेल र खेलाडीको महत्व नबुझेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले विगत चार वर्षदेखि निशुल्क रूपमा गौरीगंगा नगरपालिका भित्र कराते प्रशिक्षण गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दा समेत नगरपालिकाबाट उचित सम्मान र सहयोग नपाएको गुनासो गरेका हुन्।

प्रशिक्षक चन्दका अनुसार राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा विगत चार वर्षदेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म कराते खेलमार्फत पदक जिताउन सफल हुँदा पनि खेलाडीहरूलाई सम्मान गर्नु त परै जाओस्, नगरपालिकाले छनोट गर्ने खेलहरूबाट समेत करातेलाई बञ्चित गरिएको छ।

उनले आफ्नै प्रयास र साथीभाइको सहयोगमा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएको जानकारी दिए। भुटानमा आयोजित आठौं दक्षिण एसियाली प्रतियोगितामा एक स्वर्ण पदक तथा श्रीलंकामा भएको नवौं दक्षिण एसियाली प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक यसै डोजोका दुई खेलाडीले जितेका थिए।

यस्तै, चीनमा सम्पन्न जुनियर एसियन च्याम्पियनसिपमा दुई जना खेलाडी छनोट भए पनि आर्थिक अभावका कारण एक जना मात्र सहभागी हुन सकेका थिए। उक्त खेलाडीले कराते महासंघको सहयोगमा नेपालको लागि ऐतिहासिक पदक जित्दा पनि नगरपालिकाले कुनै चासो नदिएको चन्दको आरोप छ।

चन्दले डोजोमा आवश्यक खेल सामग्रीसमेत अभाव रहेको उल्लेख गर्दै च्यातिएका सामग्री सिलाएर प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए।

यसैबीच, चार वर्षपछि गौरीगंगा नगरपालिका वडा नम्बर ८ ले वडास्तरीय प्रतियोगिताका लागि एक लाख रुपैयाँ बजेट छुट्याएकोमा उनले धन्यवाद व्यक्त गरेका छन्। यद्यपि, उक्त रकमले प्रतियोगिता सञ्चालन गर्न समेत कठिनाइ हुने उनले बताए।

प्रशिक्षक चन्दले स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखी खेलाडीको हौसला बढाउने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner