डा. प्रदीप मिश्रद्वारा कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि बालरोग विशेषज्ञका रूपमा स्वास्थ्य क्षेत्रमा कार्यरत डा. मिश्रले नागरिकले भोग्दै आएका स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि नीतिगत तहमा सक्रिय भूमिका खेल्ने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

उनले प्रत्येक नेपाली नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक अधिकार सुनिश्चित गर्न आफूले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य क्षेत्रका विषयविज्ञका रूपमा पार्टीलाई थप सबल बनाउन र स्वास्थ्यसम्बन्धी नीतिलाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको डा. मिश्रको भनाइ छ।
उम्मेदवारी घोषणा गर्दै उनले नेपाली कांग्रेसका आदरणीय महाधिवेशन प्रतिनिधिहरूसमक्ष आफूलाई अमूल्य मत प्रदान गरी सहयोग गर्न अपिल गरेका छन्।
डा. मिश्रले आफ्नो अभियानको मुख्य सन्देशका रूपमा “सुलभ स्वास्थ्य सेवा, सबल कांग्रेस हाम्रो सङ्कल्प!” भन्ने नारा अघि सारेका छन्।

स्वास्थ्य क्षेत्रको अनुभव र विज्ञतालाई पार्टीको नीति निर्माणसँग जोड्दै नागरिकका स्वास्थ्यसम्बन्धी समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्ने उनको प्रतिबद्धता छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो