“समृद्धिको आधार, फुटबलको पूर्वाधार” नारासहित बाल प्रतिभा विकासमा जोड

गौरिगंगा । “समृद्धिको आधार, फुटबलको पूर्वाधार” भन्ने मूल नारालाई आत्मसात गर्दै गौरिगंगा नगरपालिका–८ नं वडा कार्यालयको सहयोग तथा गौरिगंगा ११ स्पोर्ट्स क्लब को व्यवस्थापनमा ग्रासरुट्स फुटबल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
बालबालिकामा खेलकुदप्रति रुचि अभिवृद्धि गर्ने, अनुशासन तथा प्रतिभा विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा फुटबलका आधारभूत सीप, टोली भावना तथा खेल अनुशासन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा गौरिगंगा नगरपालिका वडा नं. ८ की वडाध्यक्ष अक्ष्यार करुणा चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। साथै खेलप्रेमी, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले स्थानीय स्तरमै फुटबल विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनहरूमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो