You are currently viewing भजनी मेयर कप: वडा नं. ५ (A) र ५ (B) को जित, फाइनलतर्फ प्रतिस्पर्धा रोमाञ्चक

भजनी मेयर कप: वडा नं. ५ (A) र ५ (B) को जित, फाइनलतर्फ प्रतिस्पर्धा रोमाञ्चक

भजनी मेयर कप: वडा नं. ५ (A) र ५ (B) को जित, फाइनलतर्फ प्रतिस्पर्धा रोमाञ्चक

भजनी ,कैलाली । भजनीमा जारी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत पाँचौँ दिन आज क्वाटर फाइनल र सेमिफाइनलका महत्वपूर्ण खेलहरू सम्पन्न भएका छन्।

क्वाटर फाइनलमा वडा नं. ५ (A) र वडा नं. ९ (B) बीच भएको खेलमा वडा नं. ५ (A) ले १–० गोल अन्तरले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। उक्त खेलमा वडा नं. ५ (A) का पिरम साउँद प्लेयर अफ द म्याच घोषित भएका छन्।

त्यस्तै, सेमिफाइनलको पहिलो खेलमा वडा नं. ४ (A) र वडा नं. ५ (B) बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा वडा नं. ५ (B) ले १–० गोल अन्तरले जित निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस खेलमा वडा नं. ५ (B) का हेमन्त भण्डारी प्लेयर अफ द म्याच बनेका छन्।

यसैबीच, मौसम प्रतिकूलताका कारण वितरण हुन बाँकी रहेको एक खेलको प्लेयर अफ द म्याच पुरस्कार वडा नं. ९ का प्रेम मगरलाई प्रदान गरिएको छ।

प्रतियोगितामा विजेता टिमले नगद रु ५१,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु २५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको छ।

भजनी नगर खेलकुद विकास समितिका सदस्य दिनेश कुमालका अनुसार प्रतियोगिताबाट विभिन्न वडाबाट खेलाडी छनोट गरी नगरस्तरीय टिम निर्माण गरिने र उनीहरूलाई नियमित प्रशिक्षण दिइने योजना रहेको छ।

यस्ता प्रतियोगिताले युवाहरूलाई खेलतर्फ आकर्षित गर्नुका साथै कुलतबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner