२५ वर्षदेखि सडकको पर्खाइ, विद्यार्थीलाई सास्ती : ‘अब पनि कहिलेसम्म पर्खिने?’

कैलाली । विकासका नाममा वर्षौंदेखि आश्वासन बाँडिए पनि कैलालीको भजनी नगरपालिका–९ का स्थानीयवासी अझै व्यवस्थित सडकको पर्खाइमा छन्। सडक निर्माण नहुँदा दैनिक आवतजावतमा समस्या हुनुका साथै विद्यार्थीहरू समेत जोखिमपूर्ण बाटो हुँदै विद्यालय जान बाध्य भएका छन्।

स्थानीयका अनुसार २५ वर्ष बितिसक्दा पनि सडकको अवस्था उस्तै छ। वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण बन्ने भएकाले विद्यार्थी तथा सर्वसाधारणलाई आवतजावत गर्न थप कठिनाइ हुने गरेको छ।

विकासको नारा लगाउँदै पटक–पटक सत्तामा पुगेका जनप्रतिनिधि तथा सरकारप्रति स्थानीयले प्रश्न उठाएका छन्—“२५ वर्षसम्म सडक नबन्ने हो भने विकास आखिर कहिले हुने?”
स्थानीयको माग छ, अब आश्वासन होइन, तत्काल सडक निर्माणको ठोस पहल गरियोस्। विद्यार्थीको सहज र सुरक्षित आवतजावत सुनिश्चित गर्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो