You are currently viewing नागरिक लगानी कोषका सदस्यलाई निसर्ग हस्पिटलमा २५%सम्म छुट

नागरिक लगानी कोषका सदस्यलाई निसर्ग हस्पिटलमा २५%सम्म छुट

नागरिक लगानी कोषका सदस्यलाई निसर्ग हस्पिटलमा २५%सम्म छुट

चैत्र ४ बुधबार

नागरिक लगानी कोष र निसर्ग हस्पिटल बीच स्वास्थ्य सेवा थप सहज, सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यले महत्वपूर्ण सहकार्य सम्झौता भएको छ।

यस सम्झौताअनुसार कोषका कर्मचारी, सेयरधनी तथा आवद्ध सहभागीहरूले निसर्ग हस्पिटलमा स्वास्थ्य परीक्षण, उपचार तथा विभिन्न सेवामा ५ प्रतिशतदेखि अधिकतम २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्। यसबाट कोषसँग आवद्ध हजारौं सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

सम्झौतामा हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र कोषका शाखा प्रमुख दिपक घिमिरे ले हस्ताक्षर गरेका हुन्। दुवै पक्षले यो सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउँदै सेवाको गुणस्तर र पहुँच अझ विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

यो पहलले निजी स्वास्थ्य संस्थाहरूले सर्वसाधारणको पहुँचमा गुणस्तरीय सेवा पुर्‍याउने दिशामा खेलेको भूमिकालाई थप मजबुत बनाउने विश्वास गरिएको छ। साथै, यस्ता सहकार्यले स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धा बढाउँदै सेवा सस्तो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य क्षेत्रमा बढ्दो खर्चका बीच यस्तो छुट सुविधा आम नागरिकका लागि राहतको रूपमा रहने देखिएको छ भने, निजी र संस्थागत सहकार्यले सामाजिक उत्तरदायित्वको भावना पनि झल्काएको छ।

#khabardhara #NewsUpdate #NisargaHospital #nagariklaganikosh #highlights

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner