You are currently viewing चौमाला बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

चौमाला बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

चौमाला बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

चौमाला, कैलाली | २०८२ चैत १९

चौमाला बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव कार्यक्रम २०८२ साल चैत १८ गते भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम क्याम्पस अध्यक्ष दिनेश राज जोशीज्यूको सभापतित्व तथा गौरिगंगा नगरपालिकाका प्रमुख श्री देविदत्त कडेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उक्त अवसरमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।

कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष  मेखराज जोशीज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन श्री मथुरा प्रसाद उपाध्यायज्यूले आकर्षक ढंगले गर्नुभएको थियो भने क्याम्पस प्रमुख श्री मिनदत्त ढुङ्गानाज्यूले आफ्नो महत्वपूर्ण मन्तव्य राख्दै क्याम्पसको प्रगति र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो।

त्यसैगरी, सञ्चालक समितिका उपाध्यक्ष  पदम सिंह सिङ्गालज्यूले क्याम्पसको समग्र विकासका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्ववियु सभापति  योगेन्द्र जोशी ले विद्यार्थीहरूको भूमिका र योगदानबारे प्रेरणादायी मन्तव्य दिनुभयो।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रम, सिर्जनशील प्रतिभा तथा कलात्मक प्रस्तुतीहरूले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्दै कार्यक्रमलाई उल्लासमय र स्मरणीय बनाएका थिए।

त्यसै गरी वार्षिक उत्सव कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट विधार्थीहरु लाई कार्यक्रमा प्रमुख अतिथि विशिष्ट अतिथि अतिथिहरुले  मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रमको सफलताका लागि सहयोग गर्ने सम्पूर्ण सञ्चालक समिति, शिक्षक, कर्मचारी तथा सहभागीप्रति क्याम्पस परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner