You are currently viewing चुरेका बोगटीले एमाले परित्याग गर्दै कांग्रेस रोजे

चुरेका बोगटीले एमाले परित्याग गर्दै कांग्रेस रोजे

चुरेका बोगटीले एमाले परित्याग गर्दै कांग्रेस रोजे

कैलाली — कैलालीको चुरे गाउँपालिका–४, गर्भाका धनबहादुर बोगटीले नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गर्भा दरबारमा आयोजित चुनावी सभामार्फत उनी औपचारिक रूपमा कांग्रेसमा समाहित भएका हुन्।

करिब २५ वर्षदेखि एमालेमा सक्रिय रूपमा राजनीति गर्दै आएका बोगटीले पछिल्लो समय एमालेका गतिविधि समाज र आम नागरिकको हितविपरीत भइरहेको निष्कर्षसहित पार्टी छाड्ने निर्णय गरेको बताएका छन्। “देश र जनताको हित पहिलो प्राथमिकता हो। त्यसकै आधारमा मैले नयाँ निर्णय लिएको हुँ,” उनले कार्यक्रममा भने।

बोगटीले अब नेपाली कांग्रेसको सिद्धान्त र नीतिअनुसार अघि बढ्दै पार्टीलाई थप सुदृढ र उचाइमा पुर्‍याउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले बोगटीलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। उनले पार्टी प्रवेशले चुरे क्षेत्रमा कांग्रेस थप बलियो हुने विश्वास व्यक्त गरे।

चुनावी माहोल तातेका बेला विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम चुरे क्षेत्रमा बढ्दै गएको कांग्रेसले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner