You are currently viewing गौरीगंगा जेसीजकाे तदर्थ समिति गठन, अध्यक्षमा प्रकाश बहादुर खड्का

गौरीगंगा जेसीजकाे तदर्थ समिति गठन, अध्यक्षमा प्रकाश बहादुर खड्का

गौरीगंगा जेसीजकाे तदर्थ समिति गठन, अध्यक्षमा प्रकाश बहादुर खड्का

गौरीगङ्गा, कैलाली — युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र व्यक्तित्व अभिवृद्धिमा सक्रिय अन्तर्राष्ट्रिय संस्था Junior Chamber International (JCI) को अवधारणालाई आत्मसात गर्दै कैलालीको गौरीगङ्गा नगरपालिका मा ‘गौरीगङ्गा जेसिज’ को नयाँ तदर्थ (संस्थापक) समिति गठन गरिएको छ।

हालै सम्पन्न विशेष बैठकबाट प्रकाश बहादुर खड्काको अध्यक्षतामा समिति चयन गरिएको हो। समितिको कार्यकारी उपाध्यक्षमा शिव प्रसाद सोब र प्रकाश आचार्य चयन भएका छन्।

समितिमा कानुनी सल्लाहकारमा धनीराम आचार्य, महासचिवमा उमेश जोशी तथा कोषाध्यक्षमा चिरञ्जीवी छेडाल रहेका छन्। त्यसैगरी उपाध्यक्षहरूमा चन्द्र देव बम, हंसराज साउँद, डम्बर साउँद र प्रेम बहादुर बोहरा चयन भएका छन्।

तालिम आयुक्तमा चित्रराज जोशी, शाखा सम्पादकमा दिनेश खाती, प्रकरण निर्देशकमा हरिनारायण कुँवर तथा जनसम्पर्क अधिकृतमा योगेश जोशी चयन भएका छन्।

गौरीगङ्गा नगरपालिका वडा नं. १ का अध्यक्ष डबल बहादुर दियाकोटीले जेसिज गठनलाई सकारात्मक कदमका रूपमा लिँदै युवाहरूको नेतृत्व विकास र सामाजिक रूपान्तरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले भने, “युवाहरूलाई सही दिशामा अघि बढाउन, नेतृत्व क्षमता अभिवृद्धि गर्न र समाजसेवामा सक्रिय बनाउन जेसिज जस्ता संस्थाको भूमिका अत्यन्त आवश्यक छ। गौरीगङ्गामा यसको स्थापना हुनु आफैंमा गर्वको विषय हो।”

बैठकमा जेसिजको महत्त्वबारे चर्चा गर्दै १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा समाजसेवामा अभिप्रेरित गर्ने लक्ष्य लिइएको जनाइएको छ।

नवनिर्वाचित समितिले स्थानीय युवाहरूको प्रतिभा पहिचान गरी समाज र राष्ट्र निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गौरीगङ्गामा सामाजिक रूपान्तरणका लागि जेसिजको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।

बैठक औपचारिक रूपमा नामावली घोषणा पश्चात् समापन गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner