You are currently viewing गौरीगंगा कराते डोजोको सुदूरपश्चिम प्रदेश स्तरिय प्रतियोगितामा दबदबा: अन्डर–१२ कातामा ३ स्वर्ण र १ रजत

गौरीगंगा कराते डोजोको सुदूरपश्चिम प्रदेश स्तरिय प्रतियोगितामा दबदबा: अन्डर–१२ कातामा ३ स्वर्ण र १ रजत

गौरीगंगा कराते डोजोको सुदूरपश्चिम प्रदेश स्तरिय प्रतियोगितामा दबदबा: अन्डर–१२ कातामा ३ स्वर्ण र १ रजत

गौरिगंगा, वैशाख १२/ नेपाल सितोरियो कराते डो संघ, पहलमानपुर डोजो, कैलालीको आयोजनामा सम्पन्न दोस्रो सुदूरपश्चिम प्रदेश स्तरीय जुनियर क्याडेट तथा अन्डर–१४/१२/१० कराते प्रतियोगितामा गौरीगंगा कराते डोजोले उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ।

अन्डर–१२ काता विधामा गौरीगंगा करातेका खेलाडीहरूले तीन स्वर्ण र एक रजत पदक जित्दै प्रतियोगितामा आफ्नो स्पष्ट दबदबा कायम गरेका छन्। प्रतियोगिता १८ वर्ष मुनिका खेलाडीहरूका लागि आयोजना गरिएको थियो।आसिका बिक अन्डर-१४ महीला -४० केजी कुमुतेमा सवर्ण पदक र एकल काता र गुरुप कातामा सवर्ण राधिका धामी अन्डर-१० महीला +३० केजी कुमतेमा सवर्ण र गुरप कातामा १ स्वर्ण मनिषा मास्कि मगर अन्डर-१४ महीला -५० केजी कुमतेमा सवर्ण र गुरुप कातामा सवर्ण दिपिका जयगडी अनडर १०-३० केजी महीला कुमुतेमा कास्य पदक भरतराज भन्डारी क्याडेट- पुरुष ५७केजी कुमुतेमा कास्य पदक प्राप्त गरेका छन्।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी राष्ट्रिय कराते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्नेछन्, जसले दक्षिण एसियाली कराते प्रतियोगिता लगायतका अन्तर्राष्ट्रिय छनोट प्रक्रियामा समेत भूमिका खेल्नेछ।

अन्डर–१२ काता स्पर्धामा राधिका धामी, आसिका बिक र मनिषा मास्की मगरले स्वर्ण पदक जित्दै टिमलाई गौरव दिलाएका छन्। उनीहरूले अनुशासन, निरन्तर अभ्यास र उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गरेका थिए।

त्यसैगरी, अन्डर–१२ एकल काता स्पर्धामा आसिका बिकले रजत पदक जित्न सफल भएकी छन्। एउटै प्रतियोगितामा स्वर्ण र रजत दुवै पदक हासिल गर्नु गौरीगंगा कराते टिमका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।

गौरीगंगा डोजोका मुख्य प्रशिक्षक अशोक चन्दको निरन्तर मेहनत, समर्पण र मार्गदर्शनका कारण खेलाडीहरूले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गौरिगंगाको नाम अग्र स्थानमा राख्न सफल हुँदै आएका छन्। उहाँको प्रशिक्षणले खेलाडीहरूमा आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक क्षमता विकास भएको छ।

यस सफलताले सुदूरपश्चिम क्षेत्रमा कराते खेलप्रतिको आकर्षण अझ बढाएको छ भने युवा खेलाडीहरूलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको स्थानीयहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner