You are currently viewing कैलाली–४ मा रास्वपाका उम्मेदवार खेमराज कोइरालाको अपिल : “घन्टिमा मतदान गरी भारी मतले विजयी गराउन अनुराेध”

कैलाली–४ मा रास्वपाका उम्मेदवार खेमराज कोइरालाको अपिल : “घन्टिमा मतदान गरी भारी मतले विजयी गराउन अनुराेध”

कैलाली–४ मा रास्वपाका उम्मेदवार खेमराज कोइरालाको अपिल : “घन्टिमा मतदान गरी भारी मतले विजयी गराउनुस्”

कैलाली,

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज कोइरालाले पार्टीको चुनाव चिन्ह घन्टिमा मतदान गरी आफूलाई भारी मतले विजयी गराउन सम्पूर्ण मतदातासमक्ष हार्दिक अनुरोध गर्नुभएको छ।

गौरीगंगा नगरपालिका–१ मंगलपुरका स्थानीय बासिन्दा कोइरालाले आफू यस क्षेत्रका जनताको सुख–दुःख, समस्या र पिरमर्कासँग नजिकबाट परिचित रहेको बताउनुभयो। लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका उनले क्षेत्र नं. ४ का नागरिकका आधारभूत आवश्यकता, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कोइरालाले पछिल्लो समय सञ्चालन भइरहेको घरदैलो तथा जनसम्पर्क अभियानमा उत्साहजनक सहभागिता देखिएको उल्लेख गर्दै मतदाताबाट सकारात्मक प्रतिक्रिया र माया पाएको दाबी गर्नुभयो। विशेषगरी युवा वर्गबीच लोकप्रिय बन्दै गइरहेको बताउँदै उहाँले “यसपटक क्षेत्र नं. ४ मा नयाँ सोच, नयाँ कार्यशैली र परिणाममुखी नेतृत्वको आवश्यकता रहेको” धारणा राख्नुभयो।

उहाँका अनुसार परम्परागत शैलीभन्दा फरक ढंगले काम गर्ने जोस, जाँगर र स्पष्ट भिजन आफूमा रहेको छ। विकासलाई कागजमा सीमित नराखी व्यवहारमा देखाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ।

घरदैलो कार्यक्रमहरूमा स्थानीयको साथ, समर्थन र आत्मीयता पाएको उल्लेख गर्दै कोइरालाले जनताको विश्वासलाई मतमा परिणत गर्न आग्रह गर्नुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner