You are currently viewing कैलालीमा २१ फागुन मतदानका दिन सवारी साधन सञ्चालनमा पूर्ण रोक

कैलालीमा २१ फागुन मतदानका दिन सवारी साधन सञ्चालनमा पूर्ण रोक

धनगढी, कैलाली – २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली ले मतदानका दिन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार २० गते बुधबार राति १२ बजेदेखि २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिनेछ।

प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार उक्त अवधिमा एम्बुलेन्स, खानेपानी तथा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बहान, अस्पताल सेवा तथा विद्युत सेवाजस्ता अत्यावश्यक सेवामा संलग्न सवारी साधन मात्र सञ्चालन गर्न अनुमति दिइनेछ।

यसका साथै नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध रहने जनाइएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner