You are currently viewing काठमाण्डौंमा छुरा प्रहारबाट घाइते दाजुभाइको मृत्यु

काठमाण्डौंमा छुरा प्रहारबाट घाइते दाजुभाइको मृत्यु

छुरा प्रहारबाट घाइते दाजुभाइको मृत्यु

काठमाडौँ — ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र उनका २५ वर्षीय भाइ सृजन नेम्बाङ रहेका छन्। चैत २५ गते साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दुई पक्षबीचको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो।

घटनामा संलग्न आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–९ भोलटोल बस्ने ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भई ललितपुरको सुबहाल बस्दै आएका २१ वर्षीय गगन सुनारलाई पक्राउ गरेको छ।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner