काठमाडौँ, चैत्र १९
काठमाडौँ महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा २०८३ साल वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ।

महानगरका अनुसार साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस सेवा सञ्चालन हुनेछ। यात्रुहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै बसहरू हरेक २० मिनेटको अन्तरालमा सञ्चालन गरिनेछन्। साथै, प्रत्येक बसमा सीसीटिभी क्यामेरा जडान गरिनुका साथै सुरक्षाका लागि नगर प्रहरीसमेत खटाइनेछ।

यो सेवा सुरु भएपछि राति काम गर्ने, अध्ययन गर्ने तथा आपतकालीन आवतजावत गर्ने सर्वसाधारणलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
निर्धारित रुटहरू यस प्रकार छन्:
रुट–१:
ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल हुँदै गंगालाल हृदय केन्द्रसम्म।
रुट–२:
थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म।

महानगरले यो सेवा परीक्षणका रूपमा सुरु गर्न लागेको जनाएको छ। सेवा प्रभावकारी भएमा आगामी दिनमा थप रुट विस्तार गर्ने योजना समेत रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो