You are currently viewing आनन्दको ‘क्रेज’ बढ्दो : झिलका १० जेन–जी युवा कांग्रेसमा प्रवेश

आनन्दको ‘क्रेज’ बढ्दो : झिलका १० जेन–जी युवा कांग्रेसमा प्रवेश

आनन्दको ‘क्रेज’ बढ्दो : झिलका १० जेन–जी युवा कांग्रेसमा प्रवेश

कैलाली — कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार गोरखबहादुर बिष्ट (आनन्द) को बढ्दो जनसमर्थनसँगै युवापुस्तामा उत्साह देखिएको छ। यही माहोलका बीच गौरीगंगा नगरपालिका–३ झिलका १० जना जेन–जी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

झिल वासुदेवमा आयोजित विशेष भेटघाट कार्यक्रममा नवप्रवेशी युवाहरू खेम थापा, जनक सिंह, विकाश साउद, राम साउद, सुरेश साउद, नवीन साउद, सुदन साउद, विक्की चौधरी, शेरबहादुर थापा र रुपेश जोशीलाई उम्मेदवार आनन्द बिष्टले टीका तथा खादा लगाएर स्वागत गरे। उनले युवाहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ हुने र विकास तथा समृद्धिको यात्रामा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे।

नवप्रवेशी युवाहरूले भने, “क्षेत्र नम्बर ४ मा शिक्षा, रोजगारी, पूर्वाधार विकास र पारदर्शी नेतृत्वका लागि स्पष्ट एजेन्डासहित अघि बढिरहेका आनन्दप्रति आकर्षित भएर हामी कांग्रेसमा आबद्ध भएका हौं।” उनीहरूले ‘रूख’ चुनाव चिह्नमा मतदान गरी आनन्द बिष्टलाई विजयी गराउने प्रतिबद्धता समेत जनाएका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय क्षेत्र नम्बर ४ मा युवापुस्ताको झुकाव निर्णायक बन्दै गएको छ। सामाजिक सञ्जाल र घरदैलो अभियानमार्फत प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आएका आनन्दप्रति युवाहरूको आकर्षण बढ्दो रहेको आकलन गरिएको छ।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। निर्वाचन मिति नजिकिँदै जाँदा यस्ता प्रवेश र समर्थनले क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner