You are currently viewing सम्पत्ति छानबिन आयोग गठन

सम्पत्ति छानबिन आयोग गठन

सम्पत्ति छानबिन आयोग गठन

काठमाडौं, — सरकारले २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण छानबिन गर्न आयोग गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय “सम्पत्ति जाँचबुझ आयोग” गठन गर्ने निर्णय गरेको हो।

आयोगका सदस्यहरूमा चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, गणेश केसी र प्रकाश लम्साल रहेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले यसअघि चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो। शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३औँ बुँदामा आयोग गठनको व्यवस्था गरिएको छ।

सरकारले भ्रष्टाचार नियन्त्रण, सम्पत्ति लुकाउने प्रवृत्ति अन्त्य तथा दण्डहीनता हटाउने उद्देश्यले आयोग गठन गरेको जनाएको छ। साथै, छानबिन प्रक्रिया कानुनी आधार र प्रमाणमा आधारित तथा निष्पक्ष हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner