You are currently viewing शक्ति पाएपछि जिम्मेवारी नबिर्सन रबि लामिछानेको चेतावनी : ‘जनताको अभिमत दुरुपयोग नगर्नुहोस्’

शक्ति पाएपछि जिम्मेवारी नबिर्सन रबि लामिछानेको चेतावनी : ‘जनताको अभिमत दुरुपयोग नगर्नुहोस्’

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताबाट प्राप्त जनमत र शक्तिको दुरुपयोग नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराएका छन्।

उनले जनताले दिएको अभिमतलाई जनताकै हुर्मत लिने गरी प्रयोग नगर्न आग्रह गर्दै पार्टीले सबै गतिविधि नियालिरहेको बताएका छन्।

लामिछानेले शक्ति प्राप्त भएको समयमा अझ बढी जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, “जब तपाईंलाई सर्वाधिक शक्ति मिल्दछ, त्यतिबेला नै सर्वाधिक जिम्मेवारी भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति र क्रियाकलाप प्रस्तुत गर्न जरुरी हुन्छ। इतिहासले त्यही माग्छ।”

उनले ठूलो पार्टी भएको घमण्डमा प्रहरी, प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायतका राज्यका निकाय आफूहरूको हातमा रहेको ठान्ने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्।

“आज हामी ठूलो पार्टी भयौँ, हाम्रै हातमा पुलिस छन्, हाम्रै हातमा सीडीओ छन्, हाम्रै हातमा सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ,” लामिछानेले भने।

उनको अभिव्यक्तिले जनमतसँगै जिम्मेवारी, संयमता र राज्यका संस्थाप्रतिको सम्मान आवश्यक रहेको सन्देश दिएको छ।