भजनी —
भजनी नगरपालिका स्तरीय “मेयर कप” फुटबल प्रतियोगिताको चौथो दिन वडा नं. ४ का दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो जित हासिल गरेका छन्।

२६ गते सम्पन्न खेलमा वडा नं. ४ ‘A’ ले वडा नं. १ लाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। त्यसैगरी, दोस्रो खेलमा वडा नं. ४ ‘B’ ले वडा नं. ७ लाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रोशन कामी (अन्डर–१५) प्लेयर अफ द म्याच घोषित भएका छन् भने दोस्रो खेलमा प्रमित चौधरी (अन्डर–१५) प्लेयर अफ द म्याच बन्न सफल भएका छन्।
प्रतियोगिताको विजेता टिमले नगद रु ५१,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु २५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको छ।

यस प्रतियोगितामा सहभागी १२ टिमका १९२ खेलाडीमध्ये उत्कृष्ट ४० खेलाडी छनोट गरी नियमित प्रशिक्षण दिइने जानकारी आयोजकले दिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो