You are currently viewing पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, जेनजी प्रदर्शन प्रकरणमा कारबाही सुरु

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, जेनजी प्रदर्शन प्रकरणमा कारबाही सुरु

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, जेनजी प्रदर्शन प्रकरणमा कारबाही सुरु

काठमाडौँ —

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। शनिबार भक्तपुरको गुण्डुबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउसँगै प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जीसमेत थमाएको जनाएको छ।

शुक्रबार नयाँ सरकार गठन भएसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।

जेनजी प्रदर्शनबारे अनुसन्धान गर्न गठित उक्त आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। चैत २४ गते बुझाइएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी मुद्दा अघि बढाउने निर्णय गरेको हो।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौँको बानेश्वर क्षेत्रमा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको छ। उक्त प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको थियो, जसले देशव्यापी आक्रोश र बहस निम्त्याएको थियो।

सरकारले प्रतिवेदन कार्यान्वयन गर्दै दोषीमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ भने यस घटनाले नेपाली राजनीति थप तरंगित बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner