मुसुरियामा खेलाडी सम्मान: राम बोहरालाई नगदसहित सम्मान
गौरीगंगा — गौरीगंगा नगरपालिका–०७, मसुरीया साझाबजार निवासी रुद्र बहादुर जनला (संचालक) तथा राधा सपिङ्ग सेन्टर एवं जनला जनरल स्टोरले नेपालका यू-१७
राष्ट्रिय फुटबल टोलीका गोलरक्षक राम बोहरा लाई नगदसहित सम्मान गरेका छन्।
उक्त सम्मानलाई अत्यन्त प्रेरणादायी तथा प्रशंसनीय कार्यका रूपमा लिइएको छ। स्थानीय तहमा खेलकुदप्रति देखिएको यस्तो सहयोगले युवा खेलाडीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरिएको छ।
गौरीगंगा नगरपालिका वडा नं ९ मा अवस्थित मुसुरिया फुटबल एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला तथा पुरुष खेलाडी उत्पादन गर्दै आएको छ। एकेडेमीका अनुसार यस्ता सहयोगहरूले खेलाडीहरूलाई थप ऊर्जा, प्रेरणा र निरन्तरता प्रदान गर्नेछ।

खेलकुद क्षेत्रको विकास तथा प्रतिभाशाली खेलाडीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याएकोमा सम्बन्धित पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र प्रेरणा निरन्तर रहने अपेक्षा गरिएको मुसुरिया फुटबल एकेडेमी परिवारले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो